उद्योगपति बस्नेतसहित १०१ सक्रिय सदस्यले त्यागे कांग्रेस – Nepal Press

उद्योगपति बस्नेतसहित १०१ सक्रिय सदस्यले त्यागे कांग्रेस

दाङ । दाङका उद्योगपति डिल्लीबहादुर बस्नेतसहित १०१ सक्रिय सदस्यले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

उनीहरुले आज कांग्रेस क्षेत्री सभापतिलाई राजीनामा बुझाउँदै कांग्रेस त्यागेको घोषणा गरेका हुन् ।

कांग्रेसमा नातावाद र व्यक्तिवादी चरित्र हाबी भएका कारण पार्टी परित्याग गर्नुपरेको बस्नेतले बताए ।

बस्नेत नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् । उनी दाङका प्रतिष्ठित उद्योगपति समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर