लिभरपुल फाइनल नजिक, भिल्लारियल २-० ले पराजित – Nepal Press

लिभरपुल फाइनल नजिक, भिल्लारियल २-० ले पराजित

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले पराजित गरेको छ।

लिभरपुलको मैदानमा भएको खेलमा सेडियो मानेले एक गोल गरे भने भिल्लारियलका पर्भिस एस्टोपिनानबाट एक गोल आत्मघाती भएको थियो।

एस्टोपिनानबाट ५३ औँ मिनेटमा आत्मघाती गोल भएको थियो। मानेले ५५ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

मोहम्मद सलाहको पासमा उनले गोल गरेका थिए। यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *