स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा स्थगित – Nepal Press

स्थानीय तहको निर्वाचनका कारण कोरियन भाषा परीक्षा स्थगित

काठमाडौं । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधवार एक सूचना जारी गर्दै यही वैशाख २६ गतेदेखि हुने भनिएको परीक्षा स्थगित भएको जानकारी गराएको हो ।

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका कारण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजना छ ।

कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ७ सय ४१ र उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने तयारी गरेको छ ।

ईपीएस अन्तर्गत अहिलेसम्म नेपालबाट ७७ हजार नेपाली कोरिया प्रवेश गरिसकेका छन् ।

त्यसमध्ये ३५ हजार नेपाली अझै पनि कोरियाका विभिन्न साना तथा मझौला उद्योगमा कार्यरत रहेका छन् ।

नेपालबाट सन् २०१९ मा ७ हजार १ सय ३६, सन् २०२० मा १ हजार २७ र सन २०२१ मा ८ सय ३ जना नेपाली रोजगारीका लागि गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *