चितवनको रत्ननगरमा सुकुमबासी बस्तीबाट एमालेको घरदैलो सुरु – Nepal Press

चितवनको रत्ननगरमा सुकुमबासी बस्तीबाट एमालेको घरदैलो सुरु

चितवन । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले रत्ननगरले आजबाट घरदैलो सुरु गरेको छ । एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी र उपमेयर यादव पाठकसहितको टोलीले आजबाट घरदैलो सुरु गरेको हो ।

उम्मेदवारसहितको टोलीले वडा नम्बर ३ को सुकुम्बासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष र्इश्वरी प्रसाद अर्यालले जानकारी दिए । घरदैलोका क्रममा उम्मेदवारलाई स्थानीयले बधाई र शुभकामना दिइरहेका छन् ।

मेयरको उम्मेदवार महिला पाएपछि स्थानीय महिला उत्साहित देखिएका थिए । उनीहरुले महिलाको समस्या समाधानको लागि नेतृत्व तहमा महिला नै हुनुपर्ने भन्दै मेयरको उम्मेदवार दुवाडीलाई जितको लागि शुभकामना दिए ।

घरदैलो कार्यक्रममा मेयरको उम्मेदवार दुवाडी, उपमेयरका उम्मेदवार पाठकसहित वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार गुप्तनाथ भट्टराईलगायत वडा सदस्यका उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर