म्याग्दीको रघुगंगा अध्यक्षका कांग्रेस उम्मेदवार भण्डारीविरुद्ध उजुरी – Nepal Press

म्याग्दीको रघुगंगा अध्यक्षका कांग्रेस उम्मेदवार भण्डारीविरुद्ध उजुरी

सरकारी जग्गा अपचलन गरेको आरोप

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका उमेदवार भवबहादुर भण्डारीका विरुद्ध उजुरी परेको छ । उमेदवारविरुद्ध दाबी विरोधका लागि निर्वाचन आयोगले दिएको समयमा अध्यक्षका अन्य दुईजना उमेदवारले उनीविरुद्ध उजुरी गरेका हुन् ।

भण्डारीलाई सरकारी जग्गा र रकमको अपचलन गरेको आरोप लगाइएको छ । यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले भने के बिषयमा उजुरी परेको भन्ने खुलाएको छैन ।

नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका भण्डारीका विरुद्ध नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेदवार बनेका प्रेमबहादुर कार्की र स्वतन्त्र उमेदवार सागर भण्डारीले उजुरी गरेको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर