भरतपुरमा कांग्रेस नेता पौडेलको स्वतन्त्र उम्मेदवारी, कांग्रेसजनलाई निरुत्साहित नहुन आग्रह – Nepal Press

भरतपुरमा कांग्रेस नेता पौडेलको स्वतन्त्र उम्मेदवारी, कांग्रेसजनलाई निरुत्साहित नहुन आग्रह

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

भरतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा जुलुससहित पुगेर पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । पौडेललाई चितवन कांग्रेसका पूर्व सभापतिहरु कृष्णलाल सापकोटा, टिकाराम न्यौपाने लगायतले समर्थन दिएका छन् ।

उम्मेदवारी दर्तापछि पौडेलले कांग्रेस कार्यकर्ताहरुले निरुत्साहित हुन नपरोस् भनेर आफूले स्वतन्त्र उम्मेदवारी दिनुपरेको बताए ।

‘कांग्रेसजनहरुले निरुत्साहित हुनु नपरोस भनेर मैले उम्मेदवारी दर्ता गराएको हु । मेरो उम्मेदवारी भरतपुरका जनताको चाहना अनुसार हो’, पौडेलले भने ।

उनले आफ्नो उम्मेदवारी फिर्ता गर्न नभएको समेत स्पष्ट पारे ।

‘फाँसीमा झुण्डिन तयार भएर कांग्रेस भएको हुँ । कसैको आदेश वा कारवाहीको डरले उम्मेदवारी फिर्ता हुँदैन’, पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर