वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दिए राप्रपाबाट काठमाडौंको मेयरमा उम्मेदवारी (तस्बिरहरु) – Nepal Press

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दिए राप्रपाबाट काठमाडौंको मेयरमा उम्मेदवारी (तस्बिरहरु)

काठमाडौं । वरिष्ठ कलाकार मदानदास श्रेष्ठले राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका छन् । बाजागाजासहित उम्मेदवारी मनोनयन दर्तास्थल राष्ट्रिय सभागृह पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयरमा विनिया मगैयाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।

स्थानीय तह निर्वाचन कार्यतालिकाअनुसार राप्रपासँगै अन्य दलले पनि धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । काठमाडौंसँगै अहिले देशैभर उम्मेदवारी दर्ता भइरहेको छ ।

हेर्नुहोस् वरिष्ठ कलाकार श्रेष्ठ काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गर्न जाँदै गर्दाका तस्बिरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर