‘अपवित्र गठबन्धन’ भन्दै प्रदेश कमिटी सदस्यले त्यागे माओवादी – Nepal Press

‘अपवित्र गठबन्धन’ भन्दै प्रदेश कमिटी सदस्यले त्यागे माओवादी

कैलाली । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललितबहादुर थापा (शिव)ले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

प्रदेश अध्यक्ष र इन्चार्जलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले साधरण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराएका छन् ।

‘अपवित्र गठबन्धनले विचार राजनीति र संगठनको रक्षा नहुने भएको हुँदा माओवादी केन्द्रको सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको छु’ पत्रमा उनले उल्लेख गरेका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका उनी एमालेका उम्मेदवार तपेन्द्र रावलसँग झिनो मतले पराजित भएका थिए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा उपविजेता भएका उनलाई यसपटकको निर्वाचनमा माओवादीको तर्फबाट मेयरका प्रत्यासीका रूपमा हेरिएको थियो । तर, कैलालीमा भएको गठबन्धनको भागबन्डामा टीकापुर नगरपालिका नेपाली कांग्रेसको भागमा परेपछि उनी रुष्ट थिए ।

उनले अहिलेको गठबन्धनलाई चुनौती दिँदै टीकापुर नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवारी दिने घोषणासमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर