यी हुन् खोटाङका दशैं पालिकाका एमाले उम्मेदवार, दुई पालिका प्रमुखमा महिला – Nepal Press

यी हुन् खोटाङका दशैं पालिकाका एमाले उम्मेदवार, दुई पालिका प्रमुखमा महिला

काठमाडौं । खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ ।

यस्तै, साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेदवार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ ।

एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा मगर यसपल्ट अध्यक्षका उम्मेदवार बनाइएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर