पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु – Nepal Press

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएर भएको दुर्घटनामा ओखलढुंगाको सुनकोसी गाउँपालिका–६ का कमल आलेमगर र गोपाल आलेमगरको मृत्यु भएको बताइएको छ ।

आज बिहान करिब ५ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनीहरुको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर