सरकारी रकमको दुरुपयोग : चन्द्रागिरि नगरपालिकाको वडा नं ८ ले महिलालाई साडी बाँड्दै – Nepal Press

सरकारी रकमको दुरुपयोग : चन्द्रागिरि नगरपालिकाको वडा नं ८ ले महिलालाई साडी बाँड्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा न ८ का वडा कार्यलयले वडामा महिलालाई साडी बाड्न लागेका छन् । वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट वडामा सारी बाड्न लागेका हुन् ।

आज दिउँसो २ बजे चन्द्रागिरी नगरपालिकाको वडा नं ८को कार्यालय मातातिर्थमा महिलाहरुलाई साडी बाढ्न लागेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं ८ को कार्यालयमा वडाका महिलाले साडी पाऊ भनी आवेदन दिएकाले साडी बाड्ने कार्यक्रम राखिएको वडा कार्यालयले जनाएकौ छ ।

यस विषयमा बुझन वडाध्यक्षलाई सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन सकेन ।

महिलाहरुलाई आज वडा कार्यालयबाट साडी बाढ्न लागेको वडासदस्य कृष्णमाया रम्तेलले स्वीकारिन् ।

वडाले लक्षित वर्गको एकलाख ५० हजार बजेटबाट वडामा रहेका दुईवटा आमा समूहलाई १२५ थान साडी बितरण गर्न लागिएको उनले बताइन् ।

उनले नेपालप्रेससँग भनिन्,‘ वडामा रहेका दुईवटा आमा समूहले वडामा निवेदन दिएका कारण आमासमुमा रहेका महिलाहरुमा एकरुपता ल्याउनका लागि वडाले साडी बितरण गर्न लागेको हो । ’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *