महानगर र उपमहानगरको टिकट बाँड्ने कांग्रेसको बैठक सरेको सर्‍यै – Nepal Press

महानगर र उपमहानगरको टिकट बाँड्ने कांग्रेसको बैठक सरेको सर्‍यै

काठमाडौं । महानगर तथा उपमहानगरको उम्मेदवार टुंगो लगाउन बिहान ११ बजेबाट बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक २ बजेसम्मका लागि सरेको स्रोतले जनाएको छ ।

यसअघि शुक्रबार नै टिकट टुंग्याउनेभन्दै कार्यसम्पादन समितिको बैठकको समय तोकिएको थियो । जुन अन्तिम अवस्थामा आज ११ बजेलाई सारिएको थियो ।

कार्यसम्पादन समितिको बैठक अगावै पार्टीभित्रै शीर्ष नेताहरू बसेर सहमती जुटाउने कोसिस भइरहेको कांग्रेसस्रोतले बतायो । यसका लागि हिजोदेखि नै छ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । अहिले पनि छलफल चलिरहेको स्रोतले बतायो ।

सत्तारूढ गठबन्धन दलहरूको भागबण्डापछि कांग्रेसको यो बैठकबाट १७ सिटमा टिकट बाँडफाँट हुँदैछ । जसमा महानगरतर्फ ३ प्रमुख र ३ उपप्रमुख र उपमहानगरतर्फ ७ प्रमुख र ४ उपप्रमुखका उम्मेदवारको टुंगो लगाउने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर