ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट- एकको मृत्यु, ६ जना घाइते – Nepal Press

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट- एकको मृत्यु, ६ जना घाइते

ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर औधोगिक क्षेत्रमा रहेको छ । विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो ।

सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।

ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुलि नसकेको बताए । घाइतेको संख्या अझै धेरै हुन सक्ने एसपी शाहको भनाइ छ ।

घाइतेहरूको उपचार बीएण्डबी र पाटन हस्पिटलमा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *