सात वर्षपछि टीयूको अखिलले पायो नयाँ कमिटी, अध्यक्षमा भट्ट – Nepal Press

सात वर्षपछि टीयूको अखिलले पायो नयाँ कमिटी, अध्यक्षमा भट्ट

काठमाडौं । संगठन विस्तारलाई तीव्रता दिइरहेको नेकपा एमालेनिकट विद्याथी संगठन अनेस्ववियुले त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । केही दिनअघि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको विस्तारित कार्यकर्ता भेलाले शम्भुप्रसाद भट्टको अध्यक्षतामा ३९ सदस्यीय उक्त कमिटी गठन गरेको हो ।

सात वर्षपछि नयाँ नेतृत्व पाएको उक्त कमिटीको उपाध्यक्षमा समीरराज विष्ट, सचिवमा प्रशान्त भण्डारी, सहसचिवमा दानबहादुर धामी, सिद्धान्त भट्ट र अविना लिम्बु चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा शिला भट्टराई चुनिएको अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिएका छन् ।

भेला अखिलकी केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

हेर्नुहोस्, सिंगो कमिटी सदस्यको सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर