सत्तागठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूत बालुवाटारमा – Nepal Press

सत्तागठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूत बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनबीच भागबण्डाको बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका छन् ।

गठबन्धन बैठक भइरहेका बेला अमेरिकी राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । प्रधानमन्त्रीको सचिवालय स्रोतले भने पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बालुवाटार आएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर