ललितपुर महानगर– मेयर उपमेयरसहित एमालेका ११ वडाध्यक्ष सर्वसम्मत (सूचीसहित) – Nepal Press

ललितपुर महानगर– मेयर उपमेयरसहित एमालेका ११ वडाध्यक्ष सर्वसम्मत (सूचीसहित)

ललितपुर । नेकपा एमालेले लतिलपुर महानगरपालिकामा चुनावी अभियान थालिसकेको छ ।

मेयरमा हरिकृष्ण ब्यन्जनकार र उपमेयरमा मञ्जली शाक्य (आस्था) लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेर मतदाता समक्ष पठाइसकेको जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले बताए ।

ब्यन्जनकार २०७४ सालका निर्वाचनमा २ सय मतान्तरमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका थिए ।

त्यस्तै उपमेयर उम्मेदवार शाक्य २०७४ मा माओवादीबाट उपमेयर उम्मेदवार बने पनि अन्तिममा मतदाता नामावलीमा नाम नभेटिएपछि ब्याक भएकी थिइन् ।

उनी नेकपा विभाजनपछि माओवादी समूह छाडेर एमालेतिर लागेकी हुन् । माओवादीको ठूलो समूह एमालेमा एकता प्रक्रियापछि रहेकाले शाक्यलाई उपमेयर उम्मेदवार बनाइएको हो ।

एमालेले ललितपुर महानगरका २९ वडामध्ये १० वटा वडामा वडाध्यक्ष उम्मेदवार सर्वसम्मत चयन गरिसकेको छ भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार नरसिंह ब्यन्जनकारलाई समर्थन गर्ने भएको छ ।

सो वडामा एमालेले ४ जना सदस्यमात्र उठाउने भएको छ । ब्यन्जनकार सो वडामा २०२९ सालदेखि निरन्तर वडाध्यक्ष निर्वाचित हुँदै आएका छन् । उनी कुनै पनि दलमा आबद्ध छैनन् । अन्य वडामा सर्वसम्मतको प्रयास जारी रहेको एमालेले जनाएको छ ।

एमालेका हालसम्म सर्वसम्मत सिफारिस भएका वडाध्यक्ष यसप्रकार छन् ।

वडा नं ४–  नारायण केसी

वडा नं ५– विकासमान श्रेष्ठ

वडा नं ६– यसकुमार शाक्य

वडा नं ९ – शुक्रराज महर्जन

वडा नं १०– नरसिंह ब्यन्जनकारलाई समर्थन

वडा नं १६– शुप्रभा शाक्य

वडा नं १७– बिनोद महर्जन

वडा नं १८– १८ दामोदर खड्का

वडा नं २१– ज्ञानभक्त डंगोल

वडा नं २८– रत्न महर्जन

वडा नं २९– गणेश महर्जन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर