युक्रेनको एन्टीएयरक्राफ्टमा रुसी हमला, एन्टीसिप मिसाइल बनाउने भट्टी निसानामा – Nepal Press

युक्रेनको एन्टीएयरक्राफ्टमा रुसी हमला, एन्टीसिप मिसाइल बनाउने भट्टी निसानामा

काठमाडौं । रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ । युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो । हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ ।

रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ । मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो ।

युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ । कीभमा आक्रमणलाई तीव्र पारिने रुसी रक्षा मन्त्रालयले चेतवानी दिएको छ । राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर