बार्सिलोना युरोपा लिगबाट बाहिरियो, घरेलु मैदानमै हार्यो – Nepal Press

बार्सिलोना युरोपा लिगबाट बाहिरियो, घरेलु मैदानमै हार्यो

काठमाडौं । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३–२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।

जर्मन प्रतिद्वन्द्वी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४–३ अन्तरले पराजित भयो । पहिलो लेगमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे ।

बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *