एनआरएनएसँग अर्थमन्त्रीको आग्रह: नेपाली बैंकमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ – Nepal Press

एनआरएनएसँग अर्थमन्त्रीको आग्रह: नेपाली बैंकमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।

‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस् । बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले आग्रह गरे ।

‘६–७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ । राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ ।’

विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने हेतुले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको मन्त्री शर्माले बताए ।

डलर खातामा भएको रकम सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए । ‘एनआरएनमा संगठितलाई मात्रै होइन । नेपाली भन्ने कुनै पनि विवरण पेश गर्दा खाता खोल्न पाइनेगरी व्यवस्था गरेका छौं । यसमा एनआरएनएले सहजीकरण गरिदियोस् भन्ने हाम्रो आग्रह हो,’ मन्त्री शर्माले भने ।


प्रतिक्रिया

One thought on “एनआरएनएसँग अर्थमन्त्रीको आग्रह: नेपाली बैंकमा डलर खाता खोल्नुस्, अर्थतन्त्र सुध्रन्छ

  1. श्रीमाननिय अर्थ मन्त्री जिउ Cryptocurrency मा लगानि गर्ने नियमन कानुन खोइ त ल्याउनु भएको अर्थतन्त्र मा नेपाल लाई 100% फाईदा हुन्छ एक चोटि विकसित देशहरु हेर्नू भयको छ नै ऐले संसारमा बिकिसित देशहरूले digitalcurrency को फाईदा लिरहेका छ्न अर्थतन्त्र मजबुत बनएका छ्न् हाम्रोदेश्को लागि फाईदा हुने काम गरुम । यो मेरो सानो सुझाव मात्र हो अन्याथा नलिनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर