उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त – Nepal Press

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्णराज अवस्थी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थीलाई महासंघको महानिर्देशकमा नियुक्त गरिएको छ । महासंघको चैत २७ गते सम्पन्न कार्यकारिणी समितिको नवौं बैठकले उनलाई महासंघको रिक्त महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा विषयमा स्नातकोत्तर गरेका महानिर्देशक अवस्थीले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

अर्थतन्त्र, निजी क्षेत्र, दीगो विकासलगायत मामिलामा जानकार महानिर्देशक अवस्थी यसअघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष र कान्तिपुर राष्ट्रिय दैनिकमा आर्थिक सम्पादक थिए ।

करिब दुई दशकभन्दा बढी आर्थिक पत्रकारिता गरेका महानिर्देशक अवस्थीसंग संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्यको सल्लाहकारका रूपमा काम गरेको अनुभव रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर