चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल बझाङमा – Nepal Press

चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल बझाङमा

बझाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेल बझाङ पुगेका छन् । नेपालगन्जसम्म विमानमा आएका उनीहरू त्यहाँबाट हेलिकप्टरमार्फत बझाङ पुगेका हुन् ।

एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली र उपाध्यक्ष पौडेल बझाङ पुगेका हुन् । उनीहरूको साथमा एमाले नेता भानुभक्त ढकाल पनि बझाङ पुगेको जिल्ला पार्टी कार्यालयले जानकारी दिएको छ ।

बझाङ सदरमुकाम चैनपुरको बाहुलिगाढ किनारमा आयोजना हुन लागेको कार्यक्रमका बझाङको १२ वटै स्थानीय तहबाट हजारौं नेता कार्यकर्ता उपस्थित भएका छन् । आजको कार्यक्रममा दुई हजार बढी जनता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको एमाले केन्द्रीय सदस्य तथा बझाङका सहइन्चार्ज ऐन महरले जानकारी दिए ।

१० औँ महाधिवेशनपछि पहिलोपटक अध्यक्ष र उपाध्यक्ष सुदूरपश्चिम आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर