सुदूरपश्चिम सरकारबाट समाजवादी बाहिरिने, सबै मन्त्रीले राजीनामा दिँदै – Nepal Press

सुदूरपश्चिम सरकारबाट समाजवादी बाहिरिने, सबै मन्त्रीले राजीनामा दिँदै

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने भएपछि नेकपा एकीकृत समाजवादी बाहिरिने भएको छ ।

कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने तयारीसँगै समाजवादीले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको हो ।

समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेको बताइन् ।

केन्द्रिय गठबन्धनले सहमती गरेपछि मन्त्री फेरबदल गर्ने तयारी भएको थियो ।

समाजवादीका सुदूरपश्चिममा ४ मन्त्री र ३ राज्य मन्त्री छन् ।

नेकपा एसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएपनि मन्त्रिमण्डल पूनर्गठनका क्रममा फेरि सहभागी हुन सक्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर