प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पाँच जना पक्राउ – Nepal Press

प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

विराटनगर ।  सुनसरी र झापाबाट  प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट ४ जना  र झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट एक जनालाई पक्राउ गरेको हो ।

धरानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ पर्नेहरूमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका ५० वर्षीय काले बहादुर तामाङ, २० वर्षीय अभिषेक खड्का ,२१ वर्षीय मौसम नेपाली, ३९ वर्षीय मुना तामाङ रहेका छन् ।

विशेष सूचनाका आधारमा हिजो मध्यरात पौने १२ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट २ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको हो ।

लागू औषध सहित पक्राउ परेका चारै जनाको  इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै गरी झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट प्रतिबन्धित लागूऔषध काठमाडौं  कागेश्वरी मनोहरा नगरपालिका-९ का २५ वर्षीय  राजीव रायमाझी पक्राउ परेका छन् ।

बिहीबार  दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले  टोलीले  चेकजाँचको क्रममा रायमाझीको साथबाट ८० ग्राम प्रतिबन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको थियो ।

पक्राउ परेका रायमाझीलाई  इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर