रौतहटको राजपुरका मेयर अख्तर दुई वडाध्यक्षसहित कांग्रेस छाडेर एमालेमा प्रवेश – Nepal Press

रौतहटको राजपुरका मेयर अख्तर दुई वडाध्यक्षसहित कांग्रेस छाडेर एमालेमा प्रवेश

काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर शुक्रबार नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकोट पुगेर कांग्रेसबाट निर्वाचित मेयर अख्तर दुई वडाध्यक्षसहित एमालेमा प्रवेश गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा रौतहटका नेता प्रभु साहले अख्तरको टोलीसँग वार्ता गरेका थिए ।

मेयरसँगै वडा नम्बर ३ र ९ नम्बर वडाका वडाध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरुसँगै कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मन्जुर पनि एमालेमा प्रवेश गरेका छन् ।

मधेसका विभिन्न जिल्लाका पालिकामा यसअघि कांग्रेस, माओवादी र जसपाबाट निर्वाचित जनप्रतिनिधिहरु एमाले प्रवेश गर्ने क्रम बढेको छ । रौतहटका कांग्रेसबाट निर्वाचित अरु जनप्रतिनिधिलाई एमाले प्रवेश गराउने कार्यक्रम आयोजना हुन लागेको साहले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर