कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nepal Press

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलाली । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से४प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा कंचनपुर कृष्णपुर नगरपालिका ५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो।

मोटरसाइकल चालक कृष्णपुर ५ कै २१ वर्षीय महेश पार्कीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

अर्को मोटरसाइकलका चालक दीपक भट्टको धनगढीमा उपचार भइरहेको बताइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर