सेञ्चुरी बैंकको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक – Nepal Press

सेञ्चुरी बैंकको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले एक कार्यक्रमकाबीचमा ‘सेञ्चुरी क्यालेण्डर( २०७९’ सार्वजनिक गरेका हुन् ।

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ ।

यसबाट वित्तीय साक्षरता र डिजिटल बैंंिकङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर