उदयपुरमा विद्यालय हिँडेकी बालिकाको बाटोमा हत्या – Nepal Press

उदयपुरमा विद्यालय हिँडेकी बालिकाको बाटोमा हत्या

काठमाडौं । उदयपुरमा विद्यालय जाने क्रममा एक छात्राको हत्या भएको छ ।

बेलका नगरपालिका-३ उदयपुरस्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो ।

१० कक्षामा अध्ययनरत् सुनुवारको आज बिहान अतिरिक्त कक्षा (कोचिङ) पढ्न घरबाट विद्यालय जाने क्रममा सोही नगरपालिकाको यसोदा खोलामा हत्या भएको बेलका नरपालिकाका १ का वडाध्यक्ष दिनेश्वर चौधरीले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘कविताको घरबाट विद्यालय पुग्न आधा घण्टाको बाटो हो । स्कूल नपुग्दै हत्या गरेको अवस्था शव भेटिएको छ।’

उनका अनुसार गाउँबाट विद्यालय पुग्नेसम्म बाटोमा कुनै बस्ती छैन ।

यसैबीच विद्यालय विज्ञप्ति निकालेर घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर