लैंगिक विभेद अन्त्यका लागि महिला सशक्तीकरण हुन जरुरी छः मन्त्री झाँक्री – Nepal Press

लैंगिक विभेद अन्त्यका लागि महिला सशक्तीकरण हुन जरुरी छः मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको बताएकी छिन् । सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग (ईस्क्याप)ले काठमाडौंमा गरेको एक कार्यक्रममा मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण हुनुपर्ने बताएकी हुन् ।

समाजमा रहेको लैंगिङ विभेद हटाएर समृद्ध समाज निर्माणका लागि सरकारले काम गरिरहेको बताउँदै उनले सामाजिक रुपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताएकी हुन् । कोरोना महामारीका कारण सबैभन्दा मारमा महिला नै परेको बताउँदै उनले सरकारले तालिम उद्यमशीलता विकास र महिला सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै यस क्षेत्रमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिँदै झाँक्रीले इ–कमर्स र डिजिटल मार्केटिङ क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर