एलन मस्कले किने ट्विटरको ९.२ प्रतिशत सेयर – Nepal Press

एलन मस्कले किने ट्विटरको ९.२ प्रतिशत सेयर

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ती तथा टेस्ला कम्पनीका सिइओ एलन मस्कले चर्चित सामाजिक सञ्जाल ट्विटरको ९.२ प्रतिशत सेयर खरिद गरेका छन् ।

बीबीसीको एक रिपोर्टका अनुसार मस्कले ७ करोड ३४ लाख ८६ हजार ९ सय ३८ कित्ता सेयर कुल २.८९ बिलियन अमेरिकी डलरमा किनेका हुन् ।

योसँगै उनी ट्विटरको सर्वाधिक सेयर होल्ड गर्ने व्यक्ती बनेका छन् । ट्विटरका संस्थापक डोर्सेले हाल ट्विटर को २. २५ प्रतिशत सेयर होल्ड गर्छन् । मस्कले ट्विटरको सेयर किनेको समाचार सार्वजनिक भएसँगै प्रि-मार्केट ट्रेडिङमा ट्विटरको सेयर २५ प्रतिशतले बढेको बताइएको छ ।

मस्क आफू पनि ट्विटरका सक्रिय प्रयोगकर्ता हुन भने केही समय अगाडि उनले एक अन्तर्वार्तामा आफूले पनि एक सामाजिक सञ्जाल सञ्चालनमा ल्याउन चाहेको बताएका थिए ।

आफ्नै ट्विटर ह्यान्डल मार्फत ‘के सामाजिक सञ्जालले वाक स्वतन्त्रतालाई प्रोत्साहन गर्छ त ? भनेर प्रश्न गरेका थिए । यति मात्र नभएर आहिलेको समयमा नयाँ सामाजिक सञ्जालको आवश्यकता छ त भने समेत उनले प्रश्न गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर