प्रचण्ड जनकपुरमा, सहिद रामवृक्ष यादवको शालिक अनावरण गर्ने – Nepal Press

प्रचण्ड जनकपुरमा, सहिद रामवृक्ष यादवको शालिक अनावरण गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर गएका छन् ।

सहिद रामवृक्ष यावदको शालिक अनावरण गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृतिसभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।

तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।

पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनकोे हत्या भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर