नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य, दीपेन्द्रको विष्फोटक अर्धसतक – Nepal Press

नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य, दीपेन्द्रको विष्फोटक अर्धसतक

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धसतकमा नेपालले जारी त्रिदेशीय टी-२० सिरिजमा पपुवा न्युगिनि (पीएनजी) लाई २ सय ४ रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रनको बलियो योगफल तयार गरेको छ ।

घरेलु मैदानमा आफ्नो ५०औं टी–२० अन्र्तराष्ट्रिय खेल खेलीरहेको नेपाल जारी खेलमा पीएनजीलाई हराउन सके एक खेलअगाबै फाइनल पुग्नेछ ।

नेपालका लागि दिपेन्द्रले उत्कृष्ट अर्धसतकीय इनिङ खेले । उनले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान गरे ।

रोहित पौडेलले ४१ रन बनाए । उनले २३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ३८ रनमा आउट भएका थिए । उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल २० बलमा १७ रन जोडेर पभेलियन फर्किएका थिए ।

अदिल अलामले आफ्नो डेब्यू खेलमा लगातार तीन छक्का प्रहा गर्दै ११ बलमा ३१ रन जोडे । त्यसपछि क्रिजमा आएका कुनैपनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् । पीएनजीका काबुवा मोएराले सर्वाधिक तीन विकेट लिए । हिकुरेले २ विकेट लिए भने, नोर्मान भानुवा र नोसाइना पोकानाले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर