कांग्रेसको निर्णय – स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन – Nepal Press

कांग्रेसको निर्णय – स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन

काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित  कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले अन्तत: चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

बैठकले उपसभापति पूर्णबहादुर खड्ककाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै डा. प्रकाशशरण महतकाे संयाेजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ ।

संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

तस्बिरहरु : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “कांग्रेसको निर्णय – स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन

  1. स्थानीय तहकाे निर्णयका आधारमा तालमेल गर्ने भनेकाे वास्तवमा तालमेल नगर्ने भनेकाे हाे किनकी स्थानीय तह तालमेल गर्ने मुडमा छैन । केन्द्रले हस्तक्षेप नगरेमा तालमेल हुदैन । अब माधव टर्की र प्रचण्ड राेल्पामा रून थाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर