गठन आदेशलाई दोस्रो पटक संशोधन गरेर भूमि आयोगको सदस्यमा भैरव रेग्मी नियुक्त – Nepal Press

गठन आदेशलाई दोस्रो पटक संशोधन गरेर भूमि आयोगको सदस्यमा भैरव रेग्मी नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरव रेग्मीलाई नियुक्त गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा रेग्मी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दोस्रो संशोधनमार्फत आयोगमा सत्तारुढ जनमोर्चाको तर्फबाट रेग्मीलाई नियुक्ती गरिएको ति मन्त्रीले बताए । यस अघि एक अध्यक्ष, एक उपाध्यक्ष, तीन जना विज्ञ सदस्यसमेत गरेर ६ जना सदस्य रहने व्यवस्था गठन आदेशमा थियो । अहिले गठन आदेश संशोधनमार्फत एक जना सदस्य थप्ने निर्णय गरेसँगै आयोगमा सदस्यको संख्या सात पुगेको छ ।

सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले दुग्ध विकास संस्थानको  रिक्त महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर