लिबाङको चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जाँदै – Nepal Press

लिबाङको चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदैछन् ।

युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको ‘जनयुद्ध स्मृति टावर’को उनले उद्घाटन गर्नेछन् ।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए ।

यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर