भोटेकोशी गाउँपालिका बन्यो एमालेका उम्मेदवार सिफारिसमा पहिलो, अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत – Nepal Press

भोटेकोशी गाउँपालिका बन्यो एमालेका उम्मेदवार सिफारिसमा पहिलो, अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत

चौतारा । स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रीय कमिटीले तोकेको समयसीमा भन्दा २० दिनअघि नै नेकपा एमालेको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकदैँ गर्दा सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् । प्रमुख राजनीतिक दल एमाले ,कांग्रेस, माओवादी केन्द्र र राप्रपाले केही दिन भित्रै उम्मेदवार छनोट गर्ने जानकारी दिएका छन् । चीनसँगको सिमा जोडिएको भोटेकोसीशी गाउँपालिकामा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत छनोट गरिएको हो ।

शनिबार भएको एमाले भोटेकोसी गाउँपालिका बैठकले अध्यक्षमा अमृत खड्का र उपाध्यक्षमा सुन्तलीमाया श्रेष्ठलाई सर्वसम्मत छनोट गरेको हो । सिन्धुपाल्चोक का १२ स्थानीय तहमध्ये भोटेकोशी गाउँ पालिकामा एमालेले सर्वसम्मत उम्मेदवार छनोट गरेको हो।

अध्यक्षका उमेदवार खड्का तातोपानी गाविसका पुर्व अध्यक्ष एवम् तातोपानी क्षेत्रका सामाजिक अगुवा हुन्। उमेदवार छिटो छनोट भएकाले अब आफूहरु चुनावी अभियान लिएर गाउँ–गाउँ जाने अध्यक्षका उमेदवार खड्काले जानकारी दिए। २०७४ को स्थानीय निर्वाचनमा भोटेकोशीमा माओवादी केन्द्रका उमेदवारहरु विजयी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर