‘ह्युमन अफ बम्बे’ मोदीको अन्तरवार्ताले बढाएको लोकप्रियता – Nepal Press

‘ह्युमन अफ बम्बे’ मोदीको अन्तरवार्ताले बढाएको लोकप्रियता

मुम्बई । इन्स्टाग्राम, फेसबुक र अन्य सामाजिक सञ्जालमा फोटो ब्लग ‘ह्युमन अफ बम्बे’ को छुट्टै पहिचान बनेको छ । यसको संस्थापक तथा सीईओ करिश्मा मेहता हुन् ।

उनले सन् २०१४ को सुरुमा ‘ह्युमन्स अफ बम्बे’ सुरु गरेकी थिइन् । करिश्माले २७ वर्षको उमेरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्तरवार्ता लिएकी थिइन् । त्यसपछि करिश्माको भाग्यले यस्तो मोड लियो कि उनी विश्वभर चर्चित भइन् ।

हालै करिश्माले प्रधानमन्त्रीको अन्तरवार्तासँग सम्बन्धित अनुभव सुनाउँदै लिङ्क्डइनमा लेखेकी छिन्, ‘प्रधानमन्त्रीको अन्तर्वार्ताले विश्वभर चर्चित बनायो र धेरै किसिमको घृणाको सिकार पनि बन्नु पर्यो ।’

करिब २२ मिनेटसम्म चलेको अन्तरर्वार्तामा प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको थियो । आम मानिसको दैनिक जीवनसँग पनि जोडिएका यस्ता धेरै कुराहरु बाहिर आएका थिए । साथै अन्तर्वार्तामा देश र विश्वमा राम्रो र नराम्रो रूपमा चर्चा भएको थियो ।

प्रश्न सोध्ने करिश्मासँग मोदीले उल्टै प्रश्न गरेका थिए, उनले गुजराती शैलीमा भने, ‘केम चो मेहता जी ?’

अन्तरवार्तामा मोदीले भनेका थिए :

  • प्रधानमन्त्रीले आफू बुबासँग रेलवे प्लेटफर्ममा चिया बेच्ने गरेको बताए ।
  • प्रधानमन्त्री कोइला फलामबाट कपडामा लागेको झुर्रियाँ हटाउने काम गर्दथे ।
  • १७ वर्षको उमेरमा उनी ज्ञान प्राप्त गर्न हिमालय गएका थिए ।
  • २ वर्षपछि नयाँ सोच र दृष्टिकोण लिएर फर्किए ।

यो अन्तरर्वार्ताले करिश्मा मेहताको करियरलाई अर्कै तहमा पुर्यायो ।

‘ह्युमन अफ बम्बे’ सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमध्ये यो निकै लोकप्रिय छ । यसमा विभिन्न व्यक्तिका कथाहरू प्रकाशित हुने गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो अन्तर्वार्ताका लागि यो पेज रोजेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर