खुकुरी प्रहार गर्ने ६ जना पक्राउ – Nepal Press

खुकुरी प्रहार गर्ने ६ जना पक्राउ

काठमाडौं । ललितपुर महालक्ष्मी डेरा गरी बस्दै आएका २५ वर्षीय सुरज खड्कालाई खुकुरी प्रहार गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा नाम्दु घर भई हाल काठमाडौं जडिबुटी बस्ने विकास लामा सहित रामेछाप मन्थली १३ स्थायी घर भई काठमाडौं जडिबुटी बस्दै आएका १९ वर्षीय राजेश बुढाथोकी, दोलखा नाम्दु ६ स्थायी घर भई सोही स्थानमा बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर ठिमी ९ का २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे ९ स्थायी घर भई भक्तपुर राधेराधे बस्दै आएका २३ वर्षीय प्रविण नेपाल र रामेछाप खाँडादेवि स्थायी घर भई जडिबुटी बस्ने २७ वर्षीय संजिव मोक्तान रहेका छन् ।

महानगरीय अपराध माहाशाखाका अनुसार आर्थिक कारोवार तथा प्रेमसम्बन्धी कुरामा विवाद हुँदा ८-९ जनाको समूहले सुरजलाई बुधबार खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएर फरार भएका थिए ।

फरार व्यक्तिहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट खुकुरी र मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *