सप्तकोशीमा हामफालेका एकजनाको जीवितै उद्धार – Nepal Press

सप्तकोशीमा हामफालेका एकजनाको जीवितै उद्धार

सुनसरी । सप्तकोशी नदीमा हाम फालेका एकजनाको प्रहरीले जिवितै उद्धार गरेको छ ।  बिराटनगर महानगरपालिका–८ का ६८ बर्षीय बुनई यादवको प्रहरीले जिवितै उद्धार गरेको हो ।

बुधवार राती एकजना व्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाए लगत्तै तत्काल प्रहरी चौकी कोशी व्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जिवितै उद्धार गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरीरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर