माइक्रो ओभनभित्र राखेर दुई महिने शिशुको हत्या, आमामाथि नै शंका – Nepal Press

माइक्रो ओभनभित्र राखेर दुई महिने शिशुको हत्या, आमामाथि नै शंका

काठमाडौं । छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा दुई महिनाकी एक बालिकाको माइक्रोओभनमा राखेर हत्या गरिएको छ । स्थानीय सञ्चार माध्यमले जानकारी गराए अनुसार घटना गत सोमबारको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालिकाकै आमाले उनको हत्या गरेको हुनसक्ने जनाइएको छ ।

‘घटनाको हरेक दृष्टिकोणबाट अनुसन्धान भइरहेको छ , अहिले हामीले एक जना महिला विरुद्ध केस पनि फाइल गरेका छौ तर अनुसन्धान प्रक्रिया पुरा नभए सम्म कुनै निष्कर्षमा भने पुग्न सकिने अवस्था छैन ।’ अनुसन्धानको नेतृत्व गरिरहेकी डिएसपी विनीता जयकरले भनिन् ।

हालसम्म प्रहरीले कसैलाई पक्राउ पनि गरेको छैन । घटना घटेको समयमा बालिकाकी आमा घर भित्रै रहेको र भित्रबाट कोठा बन्द गरिएको छिमेकीहरूले दाबी गरेका छन् ।

सो समयमा मृत बालिकाका बुबा भने घर नजिकैको आफ्नो किराना पसलमा काम गरिरहेका थिए ।

छोरी भएकै कारण उनको हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर