टिकट पाउने सर्वोकृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई छैन : गृहमन्त्री खाण – Nepal Press

टिकट पाउने सर्वोकृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई छैन : गृहमन्त्री खाण

कपिलवस्तु । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका तर्फबाट आवधिक निर्वाचनमा टिकट पाउने सर्वोकृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई नभएको बताएका छन् ।

पार्टीको शिवराज नगरपालिका समितिले बुधबार गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यता रहेको र त्यो गाह्रो काम भएको बताए ।

पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनु पर्ने बताए । उम्मेदवार हुने चाहना राख्दै तयारी गर्न भन्दा उम्मेदवार छान्ने काम जटिल भएको बताए ।

शान्तिपूर्ण रूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार तयार रहेको बताए । उनले चैत ११ गतेका लागि बोलाइएको काङ्ग्रेस केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन सरकारमा रहेका राजनीतिक दलहरूबिच तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर