अभिनेत्री करिश्मासहित दर्जनौ नेता-कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने – Nepal Press

अभिनेत्री करिश्मासहित दर्जनौ नेता-कार्यकर्ता आज एमालेमा प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरसहित दर्जनौं नेता, कार्यकर्ता आज एमाले प्रवेश गर्दैछन् । एक कार्यक्रमबीच अभिनेत्री मानन्धरसँगै समाजवादी जनता पार्टीका नेताहरु एमालेमा प्रवेश गर्न लागेका हुन् ।

दिउँसो १ बजे राखिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उनीहरुलाई स्वागत गर्नेछन् ।

चर्चित एवम् लोकप्रिय अभिनेत्री मानन्धर पछिल्लो समय राजनीतिमा सक्रिय हुन थालेकी छन् । उनी यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर