रुकुम  (पश्चिम) मा भएको सवारी दुर्घटनामा एकको मृत्यु, एकजना बेपत्ता – Nepal Press

रुकुम  (पश्चिम) मा भएको सवारी दुर्घटनामा एकको मृत्यु, एकजना बेपत्ता

रूकुम पश्चिम । रूकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहाताल गाउँपालिका–३ बस्ने २६ वर्षीय  नीरज बिष्ट रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको र दुर्घटनामा ट्रकमा सवार २ जना घाइते भएका छन् भने बेपत्ता भएका १ जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर