राप्रपा नेपाल  ७७ वटै  जिल्लामा विस्तार भएकाले अव दुबोसरि मौलाउँछः  महामन्त्री बर्तौला – Nepal Press

राप्रपा नेपाल  ७७ वटै  जिल्लामा विस्तार भएकाले अव दुबोसरि मौलाउँछः  महामन्त्री बर्तौला

काठमाण्डाैं । कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिनामा ७७ वटै जिल्लामा पार्टीकाे जिल्ला संरचना  विस्तार भएकाे छ ।
याे अवधिमा राप्रपा नेपालले  पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले पार्टीकाे अभिलेख समेत बुझाएको  छ ।

राप्रपा नेपालका महामन्त्री एवं सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको निम्त्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए ।

७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको र  काठमाण्डौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पे गरिएकोले अब राप्रपा नेपाल दुबोसरि मौलाउने  उनकाे भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर