म्यानमारमा कार दुर्घटना, ७ जनाको मृत्यु – Nepal Press

म्यानमारमा कार दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको छ । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको र  कारमा सवार रहेका सबै व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको भए पनि गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो । मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् ।

दुर्घटनमा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको बताइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर