सञ्चारीका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल – Nepal Press

सञ्चारीका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल

रुपन्देही । सञ्चारीका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसम्मत निर्वाचित भएकी छन् ।

बुटवलमा शनिवार आयोजित प्रदेशको तेस्रो साधारण सभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषाकिरण पन्त चयन भएका छन् ।

यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएका छन् ।

समूहको साधारण सभा उद्घाटन कार्यक्रममा ५ जना अगुवा महिलालाई सम्मानित गरेको छ । जसमा रासस दाङका संवाददाता नारायणी रजौरेलाई संघर्षशील पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरेको छ ।

यस्तै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीलाई संघर्षशील महिला नेताका रूपमा सम्मानित गरेको छ । यस्तै रुपन्देहीका उद्यमी रचना पन्त, सावित्रा टण्डन र मञ्जु ज्ञवाली भुसाललाई संघर्षशील महिला उद्यमीका रूपमा सम्मानित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *