एमाले धनुषा अध्यक्षमा पुनः यादव सर्वसम्मत – Nepal Press

एमाले धनुषा अध्यक्षमा पुनः यादव सर्वसम्मत

जनकपुरधाम । नेकपा एमाले धनुषा अध्यक्षमा पुनः राजकिशोर यादव चयन भएका छन् ।

जनकपुरधाममा बुधवार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट यादव सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । जनकपुरमा समानान्तर कमिटी गठन भएपछि धनुषाका नेताहरु विभाजित बने पनि यादव सर्वसम्मत जिल्ला अध्यक्ष बनेका छन् ।

उनी यसअघि ०७१ मा भएको एमालेको छैठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका थिए । सातौं अधिवेशनबाट यादवको अध्यक्षतामा १३५ सदस्यीय एमालेको जिल्ला समिति चयन गरिएको छ ।

जिल्ला उपाध्यक्षमा भोला यादव, सचिवमा तेजनारायण यादव, उपसचिव तारालाम बस्नेत र उपसचिवमा श्याम पुर्वे सर्वसम्मत चयन भएका छन् । सदस्यहरु पछि चयन गर्ने सहमति भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर