युद्धको मानसिक बीजः पश्चिमा धर्मग्रन्थ – Nepal Press
नेपाल चिन्तन

युद्धको मानसिक बीजः पश्चिमा धर्मग्रन्थ

यतिबेला युक्रेन र रसियाबीच युद्ध चलिरहेको छ । युद्धको पेरिफेरिमा संसार रसिया र युक्रेनको पक्ष–विपक्षमा बाँडिएको छ । त्यसमा पनि कतिपय शक्तिशाली देश आफ्नो पक्षलाई जिताउन मिसाइल र गोली–गठ्ठा पठाएर सहयोग गरिरहेका छन् । देश मात्रै होइन, संसारका मानिसहरु यस युद्धमा उनीहरुको पक्ष–विपक्षमा बाँडिएका छन् । थोरै मात्र युद्धको विपक्षमा मुखर छन् ।

समकालीन विश्वमा आयोजित युद्धले शक्ति के हो भन्ने प्रश्न उठ्छ– के विस्फोटन शक्ति हो ? ध्वंश जित हो ? संसारमा सिर्जित वस्तुको स्वतः मृत्यु प्रकृतिको विराट र अकाट्य सत्य हो । यसलाई चुनौती दिन बम बारुद प्रयोग गरेर प्रकृतिलाई चोट लगाउने क्षुुद्र कामलाई कसरी जित मान्ने ? विजेता र पराजितको समकालीन विश्वको यो परिभाषालाई नफेर्ने हो भने अब जुनसुकै ध्वंश र त्यसबाट आर्जित शक्तिको प्रभुत्वलाई क्रान्ति, विकास वा शक्ति मान्नुपर्ने अवस्थामा संसार पुगिसकेको छ ।

हिंसातर्फ मानिसको आशक्ति र युद्ध नै जित हो भन्ने अहंकारका कारणहरुबारे यस आलेखमा चर्चा गरिनेछ ।

सुरुमा शान्ति र क्रान्ति नै के हो त्यो हेरौं । शरीरलाई अलग गरेर मान्छेको भावको आधारभूत गुण अध्ययन गर्ने हो भने उभित्र निरन्तर प्रवाहित ऊर्जा नै शान्ति र क्रान्ति हो । जसरी सूर्यका तीन प्रमुख रङबाट अन्य सात रङ बन्छन्, त्यसैगरी मानिसमा पनि शान्ति(प्रेम) र क्रान्ति(लय)का आधारभूत गुणबाट अन्य गुणहरु करुणा, दया, दुःख, खुशी आक्रोश, आशक्ति, समर्पणजस्ता अन्य संवेग तयार हुन्छन् । तर यहाँ क्रान्तिलाई विध्वंशको रुपमा बुझाइन्छ । शान्तिको अर्थ समभाव हो भने क्रान्तिको अर्थ भावहरु आपसमा मन्थन भएर समभावतिर लम्कने लय हो । तर हामीले क्रान्तिको अर्थ युद्ध भन्ने बुझ्न थाल्यौं, हाम्रो यहीँ भुल भयो ।

मानिसको आजको पूर्खाको विकास क्रमलाई हाम्रो भागवत पुराणले पनि व्याख्या गरेको छ । विष्णुका दश अवतारका रुपमा भागवतले गरेको व्याख्याअनुरुप पहिला मान्छे पानीमा बस्ने जीव थियो । जसलाई विष्णुको मत्स्य अवतारका रुपमा व्याख्या गरिएको छ ।

आजको समाजमा एउटै विस्तरामा सुत्ने पतिपत्नी पनि चिन्तनगत भिन्नताले आपसमा लडाइँ गरिरहेका हुन्छन् । आखिर यो पनि युद्ध नै हो र यसको स्रोत पनि प्रभुत्वका लागि शक्ति आर्जन गर्ने सोच नै हो । विज्ञान प्रविधिको साधन पर्याप्त भएको यो जमानामा मानिसहरुले आफ्नो पूर्व अवतार नृसिंह अवतारमा जस्तै हिंस्रक आयोजना गरिरहेको देखिन्छ ।

मत्स्य (माछा–पानीमा बस्ने), कूर्म (कछुवा–पानी र जमिन दुवैमा बस्ने), बराह(बंदेल जंगलमा बस्ने), नृसिँह (नरसिंह, जनावर र मान्छेको मिश्रण–मानछेको चेत विकास नभइसकेको हिंस्रक), वामन (वामपुड्के मानिस–थोरै बुद्धि भएको), परशुराम (मान्छेको अवतारमा आएको तर, हिंसाको चेत कायमै रहेको), राम (नीतिमा चल्ने), कृष्ण(प्रेमको आधारमा निर्णय गर्न सक्ने), बुद्ध, (प्रेमको पनि तुरिय अवस्थामा पुगेको शान्त मान्छे)हुँदै अन्त्यमा कल्की अवतार भएर जीव विकासको सिसिसला टुंगिनेछ भनिएको छ । (विष्णु पुराण) ।

मान्छेमा विकास हुने चेतनाको व्याख्या उपनिषद्मा पनि छ (माडुक्योपनिषद्, श्लोक ३–८) । यसको अर्थ आजको युगको मान्छेको विकासक्रम पानीमा बस्ने जीवदेखि आधुनिक मान्छेसम्मको यात्रा हो ।

यहीं कुरालाई दोहोर्याएर उन्नाइसौं शताब्दीमा आएर आधुनिक विज्ञानले पनि भन्यो, ‘पहिला समुन्द्रमा जीवको विकास भयो, अनि जल र जमिनमा बस्ने जीव बन्यो । त्यसपछि विकास हुँदैहुँदै अहिलेको मान्छे बनेको हो’ ।

यसको पहिलो खोज हेलेना ब्लाभत्स्कायी (१८३१–१८९१)ले गरिन् र यसलाई मूर्त रुप दिंदै विज्ञानले डेढ सय वर्ष अघि मात्र चाल्र्स डार्विन(१८०९–१८८२)ले मानव विकासको सिद्धान्त ल्याएका थिए । आधुनिक सभ्यताका महान वैज्ञानिकहरुले यसरी पूर्वीय सभ्यताले निर्माण गरेको ज्ञानको तथ्यमा आएर मानव विकासक्रमबारे वर्णन गरे ।

हजारौं वर्षअघि र आधुनिक विज्ञानले आज आएर भनेको दुवै तथ्यले यो प्रमाणित गर्छ कि मान्छेको चेतनामा विकास भएरै यो अवस्थामा आएको हो । तर यहाँ प्रश्न उठ्छ कि विकसित हुँदै गएको मान्छेमा उसका आधारभूत गुण शान्ति प्रेम करुणा, समणर्पण बढ्दै जानु पर्नेमा युद्ध, विस्फोट, ध्वंश, हिंसा कसरी झनै प्रगाढ हुँदै गयो ?

हालसालै हामी सतहमा रसिया र युक्रेन लडिरहेको देख्दैछौ । गर्भभित्र छिरेर हेर्ने हो भने त्यो युद्धको नेपथ्यमा अमेरिका, चीन जस्ता शक्तिशाली देशहरुलाई देख्न सकिन्छ । अझ भित्र छिरेर हेर्ने हो भने शान्त देखिएका देशहरु पनि आपसमा लडाइँको तयारी गरिरहेका छन् भन्ने बुझ्न सकिन्छ । उनीहरुका प्रभुत्वका आकांक्षा, स्रोतसाधन थुपार्ने, शक्ति केन्द्रित गर्ने र हतियार थुपार्ने होड सबै भोलिको युद्धकै तयारी हुन् ।

त्यति टाढा पनि किन जानु, आजको समाजमा एउटै विस्तरामा सुत्ने पतिपत्नी पनि चिन्तनगत भिन्नताले आपसमा लडाइँ गरिरहेका हुन्छन् । आखिर यो पनि युद्ध नै हो र यसको स्रोत पनि प्रभुत्वका लागि शक्ति आर्जन गर्ने सोच नै हो । विज्ञान प्रविधिको साधन पर्याप्त भएको यो जमानामा मानिसहरुले आफ्नो पूर्व अवतार नृसिंह अवतारमा जस्तै हिंस्रक आयोजना गरिरहेको देखिन्छ ।

मानिसले युद्धलाई कति भित्रैदेखि स्वीकृति दिएको छ भन्ने कुरा युद्धबारे आइन्सटाइनको भनाइले पुष्टि गर्छ । उनले भनेका छन्– तेस्रो विश्वयुद्धबारे केही भन्न सक्दिनँ, तर चौथो विश्वयुद्धबारे यति भन्छु कि चौथो विश्वयुद्धमा मान्छेले हतियारको रुपमा हातको प्रयोग गर्नेछ, अर्थात् तेस्रो युद्धले यो सभ्यताको अन्त्य गर्नेछ ।

नभन्दै मानव विकासक्रमको पाँच हजार वर्षको इतिहासमा मान्छेले १५ हजार युद्ध लड्यो । यसलाई सानो बनाएर हेर्दा एक वर्षमा तीनवटा युद्ध मान्छेले भोगेको छ । कति युद्ध १० वर्षसम्म चलेका इतिहास छन् । मनमा युद्ध बोकेर हरदिन मानिस युद्धकै लागि निस्कन्छ । त्यो भनेको विध्वंस हो, जीवन होइन ।

आखिर यति धेरै युद्ध किन र केका लागि भएका थिए भनेर जान्न इतिहासमा दर्ज भएका केही प्रमुख युद्धहरुलाई नियालौं । हामीलाई थाहा छ, पहिलो विश्व युद्ध(१९१४–१९१८)मा अमेरिका, रसिया, जर्मनी, अट्टोमन फ्रान्स एक आपसमा लडेका थिए । जसमा ३८ लाख त मान्छे मात्र मारिएका थिए ।

त्यसको २० वर्षपछि दोस्रो विश्वयुद्ध (१९३९–१९४५) भयो । आज एकठाउँ बसेर रसियालाई ध्वंस पारिदिन्छु भनेर धम्क्याइरहेका जापान र अमेरिका त्योबेला आपसमा सबैभन्दा ठूला शत्रु थिए । जर्मनी र अमेरिका एक ठाउँ भएर जापान र अन्य देशसँग लडेका थिए । यसबेला अमेरिकाले लिटलव्वाई र फ्याट मेन नामका दुई शक्तिशाली बम खसालेर हिरोसिमा र नागासाकी शहर ध्वंस बनाएको थियो । जुन युद्धमा ७० देशहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न थिए ।

त्यसबेला ६ करोड त मान्छे मात्र मारिएका थिए । यही समय जापान वरिपरिका देश सिंगापुर, हङकङ, मलाया, फिलिपिन्स सबैतिर जापानले आक्रमण गरेको थियो (सन् १९४२) । जसमा लाखौंलाख मान्छे मात्र मरेनन्, कति देश तिनै आक्रमणका कारण आजसम्म पनि उठ्न सकेका छैनन् ।

मान्छेमा यतिसम्म युद्धको भोक कि उसले धर्मका नाममा पनि युद्ध लडेको छ । अहिलेको प्लालेष्टाइन र इजरायलले आफ्नो भूमि दाबी गरिरहेको ठाउँ जेरुसेलम र यस वरपर धर्मयुद्ध नाम दिएर सन् १०९६ देखि १२९१ सम्म तीन सय वर्षमा आठपटक भयानक युद्ध भएका थिए ।

मानिसले युद्धलाई कति भित्रैदेखि स्वीकृति दिएको छ भन्ने कुरा युद्धबारे आइन्सटाइनको भनाइले पुष्टि गर्छ । उनले भनेका छन्– तेस्रो विश्वयुद्धबारे केही भन्न सक्दिनँ, तर चौथो विश्वयुद्धबारे यति भन्छु कि चौथो विश्वयुद्धमा मान्छेले हतियारको रुपमा हातको प्रयोग गर्नेछ, अर्थात् तेस्रो युद्धले यो सभ्यताको अन्त्य गर्नेछ ।

जुन युद्ध अरुसँग नभएर एकै अब्राहमका सन्तान मान्ने यहुदी क्रिश्चियन र मुसलमानबीच भएको थियो । जेरुसेलम जुइस, यहुदीको प्रमुख केन्द्र नै भयो । जिसस यही जन्मे हुर्केको र उनलाई क्रुसमा झुण्डाइएको भएर क्रिश्चियनहरुको चासो र इस्लामको लागि तेस्रो सबैभन्दा पवित्र स्थल हो भनेर उनीहरु एउटै स्थानको लागि लडे ।

त्यसताका त्यो ठाउँमा मुसलमानहरुले शासन गर्दर्थे । तर १०९५ मा चर्चको पोप बनेर आएका अर्वन–२ ले यशुलाई क्रुसमा झुण्डाइएको ठाउँलाई आफ्नो कब्जामा ल्याउन आदेश गरे । किनकि त्यसबेला राजाहरु भन्दा चर्चका पोपहरु शक्तिशाली हुन्थे । त्यसपछि सुरु भएको युद्धमा कहिले मुसलमान त कहिले क्रिश्चियनले जिते । तर संहार यहुदीको भयो । जो पहिल्यैदेखि जेरुसेलममा बस्दथे ।

लाखौंलाख यहुदीहरुलाई उनीहरुले नदीमा फ्याँकेर आगो लगाएर मारेका थिए । हामी जानकार छौं कि आज पनि जेरुसेलममा तीनैवटा धर्म उसैगरी लडिरहेकै छन् । १५ सय वर्षदेखि आजसम्म करोडौं मान्छे मारेर यस्तो विध्वंस कसरी धर्म हुन्छ ? तर धर्मयुद्ध नाम दिएर तीन अब्राहमिक सम्प्रदाय आज पनि लडिरहेकै छन् ।

अझ विश्व युद्धभन्दा धेरै गुणा क्षति भएका नरसंहारहरु त कति भएका छन् कति ! तीमध्ये केही मुख्य नरसंहारहरु हेरौं ।

रुवाण्डा नरसंहार (१९९४)

यो धेरै नरसंहार मध्येको एक हो । त्यो हुतु र तुत्सी नामका दुई जात रहेको सुन्दर देश थियो । जो शतप्रतिशत स्थानीय ‘यान्गोन्वे’ धर्म मान्दथे । तर क्रिश्चियन धर्म भित्र्याउने योजनास्वरुप ती दुई जातिमा फाटो ल्याएर रुवाण्डालाई गृहयुद्धमा पुर्याइयो । अनि हुतु र तुत्सी एकआपसमा काटिएर ३० दिनमा १० लाख मान्छे मारिए । त्यसले रुवाण्डावासी सबैलाई किश्चियन बनाइदियो । आज ९९ प्रतिशत रुवाण्डावासी क्रिश्चियन छन् । तर अझै पनि हिंसा सकिएको छैन ।

न्यान्किङ (१९३४–१९४५) नरसंहार ।

त्यस्तै मुटु कमाउने नरसंहार हो, न्यान्किङ (१९३४–१९४५) नरसंहार । जहाँ लाखौंलाख चिनियाँहरुलाई जापानीहरुले काटेर, बलात्कार गरेर मारेका थिए । जहाँ ४० लाख चिनियाँ मारिएका थिए भनिएको छ ।

‘जुइस होलोकोष्ट’(१९४१–२०४५) नरसंहार

त्यस्तै अर्को इतिहसबाट कहिल्यै निकाल्न नसकिने घटना हो ‘जुइस होलोकोष्ट’(१९४१–२०४५) । जुन घटना युरोपमा घटाइएको थियो । जहाँ अर्को धर्म मान्ने यहुदीहरुलाई छानी–छानी खोजी–खोजी ल्याएर हजारौंहजारलाई ग्यासको च्याम्बरमा हालेर ६० लाख मानिस मारिएको थियो । जसको नेतृत्व हिटलरले गरेका थिए । उनी आफूलाई यशुले प्रचारककोरुपमा पठाएको दाबी गर्दर्थे । यो कुरा उनले उनको अटो बायोग्रफीमा पनि उल्लेख गरेका छन् ।

थप केही चर्चित नरसंहार

क्याथोलिक र प्रोटेष्टेन्ट भएर डेमन भन्दै विधवा महिलालाई जम्मा गरेर जलाएको अर्काे मुटु काम्ने हिंसा मान्छेले भोगेको छ । यस कुरालाई जेम्स फष्टको किताव डेमोनोलोजी र द गार्जियनको लामो आलेखमा मान्छेले प्रत्यक्ष भोगेको नर्कको रुपमा पढ्न सकिन्छ (ह्वाई युरोप्स वार अफ रिलिजियन पुट फोर्टी थाउजेन विइच टु टेरिवल डेथ, द गार्जियन, ७ जनवरी २०१८) ।

काला जाति (नेग्रो) लाई गोरा छाला भएकाहरुले गरेको अत्याचार मान्छेले आफैंलाई पशुभन्दा तल्लो अवस्थामा पुर्याएको अर्को चित्र हो । जहाँ गोरा जातिले कालो जातिका मान्छेलाई सिक्रीले बाँधेर राख्ने र किनबेच गर्ने गदर्थे । सुरुदेखि नै यस्तो गर्दै आएका गोराहरुले १०६८ मा यस्तो हिंसाविरुद्धको कानून बनाउन पर्यो । त्यति नै मात्रामा नभए पनि आज पनि त्यहाँ हिंसा रोकिएको छैन ।

अमेरिकाका रेड इण्डियन्सको नरसंहार(१४९२), बोस्नियन(१९९२), कम्बोडियन नरसंहार(१९७५), आइरिस होलोकष्ट(१८४५) नरसंहारको अति नै घिनलाग्दो रुप हो । भियतनाम नरसंहार (१९६७) मानव सभ्यतामा कालो पोतिदिने अर्को घटना हो । भियतनाममा त सरकारको विरोधमा सडकमा निस्किएका लाखौंलाख भिक्षुहरुलाई एकै चिहान बनाइएको थियो । विश्वमा नरसंहारका यस्ता हजारौं घटना छन् ।

युद्धमा अभ्यस्त भएर आएको मान्छेको अवस्थाबारे विद्ववानहरु भन्छन्– यदि सय वर्षको लागि मात्र युद्ध बन्द हुने हो भने ९० प्रतिशत मानिसहरु पागल हुन्छन् । किनकि मान्छेले आजसम्म युद्धबाहेक अर्को काम नै सिकेको छैन । हामी जानकार नै छौं– पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा दुवै पक्षलाई हतियार सप्लाई गर्ने अमेरिका नै थियो । त्यसैले ऊ ढिलो मात्र युद्धमा सहभागी भयो । आज पनि तिनै मिसायलका कारखाना खोलेर बसेका देश नै योनजागत रुपमा युद्धलाई साथ दिइरहेका छन् ।

माथिका सबै युद्धका तथ्याङ्कबाट आजसम्म भएका सबै नरसंहार, हिंसा र युद्ध पश्चिमा देशहरुमा नै भएका छन् । सबै तथ्यांक हेर्दा देखिन्छ– पूर्वीय, यसमा पनि सनातनी धर्म पालन गरेका देशहरुमा कहिल्यै त्यस्ता नरसंहार भएनन् । बरु उनीहरुले हिंसा खपे ।

युद्धमा अभ्यस्त भएर आएको मान्छेको अवस्थाबारे विद्ववानहरु भन्छन्– यदि सय वर्षको लागि मात्र युद्ध बन्द हुने हो भने ९० प्रतिशत मानिसहरु पागल हुन्छन् । किनकि मान्छेले आजसम्म युद्धबाहेक अर्को काम नै सिकेको छैन ।

महाभारतको युद्ध एकातिर परिवारको अंशको लडाइँ थियो भने अर्काेतिर नारी अस्मिताको हरणलाई सभ्यताको वस्त्रहरणको रुपमा लिएर त्यस प्रवृत्तिविरुद्धको युद्ध थियो । महाभारत युद्ध सकिएपछि प्रायश्चित गर्ने अभियान नै चल्यो । विजेता पाण्डवहरु राज्य छोडेर वानस्प्रस्थ आश्रममा गए । पूर्वीय सभ्यतामा भएको यो युद्धले १८ दिने युद्ध समाप्ति गरेपछि १८ हजार वर्षलाई युद्ध गलत थियो भन्ने ज्ञान दिएर गयो । अन्याय र अत्याचार नसहने सन्देशका रुपमा मात्रै यस युद्धलाई लिइन्छ ।

यहाँ अंग्रेज र मुसलमानहरु आएर आक्रमण गरे । तर यिनीहरुले युद्ध गर्दै गएनन् । किन यस ठाउँमा पश्चिममा जस्ता युद्ध भएनन् ? या युरोपतिरका सिकन्दरहरु युरोपबाट अक्रमण गरेर भारतसम्म आइपुग्दा यस हिमवतखण्डका सनतनीहरु किन युद्ध गर्न प्रेरित भएनन् ? यसको एउटै जवाफ छ– यहाँ सधैं शून्य (आत्मा) अविनाशी र सुन्दर छ, शान्ति नै सबैभन्दा शक्तिशाली छ भनेर सिकाइयो छ । ‘सत्यम् शिवम् सुन्दरम्’ त्यहीं ज्ञानको सार हो ।

उसोभए पश्चिमी समाजलाई अतिक्रूर बनाउन केले काम गरेको हो ? यसको चुरो बुझ्न म सिधै बाइबल र कुरानका केही कुरा राखेर तथ्य जोड्न चाहन्छु ।

कुरानले सिधै भन्छ– कुरान र पैगम्बरलाई नमान्ने काफिर हुन्, तिनीहरुको हत्या गरिदिनू । उनीहरुका दिलमा रोग छ । यो रोग अल्लाहले बढाएको हो (म–१, सि–१, सु–२, आयात–१०) । अल्लाह पनि काफिरहरुको शत्रु हो (म–१, सि–१, सु–१, आ–९७,९८)

यहाँ भनिएको छ– शत्रुहरु भेट्नासाथ मार्नू । तिनीहरुलाई मार्यौ भने तिमीलाई अल्लाहले पुरस्कृत गर्नेछ । युद्ध लड्दालड्दै मर्यौं भने पनि अल्लाहले धेरै जना अप्सराहरुलाई ढोकैमा स्वागत गर्न पठाउने छ । संसारका २३ प्रतिशत मान्छेले हरेक दिन पढ्ने कुरामा यस्तो लेखिएको छ अनि मान्छेमा कस्तो मनोविज्ञान तयार हुन्छ ?

संसारका सबैभन्दा धेरै ३५ प्रतिशत मान्छेले पढ्ने अर्काे पुस्तक बाइबलमा युद्ध गर्न उक्साएको मात्र हैन क्रिश्चियन बाहेकलाई निस्तेज गर्न भनिएको छ । बाइबल किटेर भन्छ– ‘हिप्पी, परोजी, गिर्गासी, यमोरी जस्ता जातिहरुलाई भेट्नासाथ काट्नू, मार्नु र जलाएर छोड्नु पर्छ, तिनका छोराछोरीसँग विवाह पनि नगर्नू ।’ (व्यवस्थाको पुस्तक, अध्ययाय ६ को १–१६ सम्म)

उनका मूर्तिहरु फूटाइदिनू । काटेर ढालिदिनू, तिमीहरुले यशुबाहेक अन्य देवताको प्रार्थना नगर्नू (नयाँ करार, प्रस्थानको,३ ४ अध्याय, पल १३ र १४) । त्यसो त पुराणमा पनि अन्य संस्कृतिकालाई दस्यु (सत्रु) भन्ने कुरा उठाएर हिंसा गर्न सिकाएको प्रसङ्ग छ । कुनै कुनै नामले मात्र अदूरदर्शीका लेखनलाई पनि ठाउँ दिएको कुरा सत्य हो ।

बाइबल र त्यसका वरिपरि तयार गरिएका ग्रन्थको शिक्षा यतिसम्म कठोर छ कि उनका विचारभन्दा फरक विचार राख्नेलाई छानीछानी मार्न भनिएको छ । रोमन शासकले यशुलाई क्रुसमा झुण्ड्याएर मारे । शुकरातलाई युनानीहरुले विष खुवाए । उनका धार्मिक ग्रन्थभन्दा फरक विचार राख्नेलाई मुसलमानले फाँसी दिए । किनकि त्यहाँका ग्रन्थका टिका (अनुवाद) पनि लेख्न मनाही छ ।

त्यसैले उनीहरुले फरक विचार राख्ने सुफीहरुलाई मुसलमान नै मानेनन् । मन्सुरलाई मुसलमानहरुले फाँसी दिए । मन्सुर भन्थे– अन् हल् हक्, अर्थात् ‘म नै भगवान हुँ’ । तर मुसलमानहरुले उनीहरुको अल्लाहबाहेक अरु भगवान हुनै सक्दैन भन्दै मन्सुरलाई फाँसी दिए ।

मन्सुरको पहिला खुट्टा काटे, हात काटे अनि आँखा फोरेर अति नै क्रूूर तरिकाले मारे । मतलव आज पनि उनीहरुको सोचविरुद्ध हुनै हुँदैन भन्ने थियो र छ । यहाँ जन्मिएका भए मन्सुरजस्ता सिद्ध पुरुषको ऋषिको रुपमा पूजा हुने थियो ।

अरुको के कुरा, ग्यालिलियो ग्यालिली (१५६४–१६४२)ले सूर्य ब्रह्माण्डको केन्द्र हो भन्ने तथ्य ल्याए । बाइबलले पृथ्वी स्थिर छ र पृथ्वीलाई केन्द्र मानेर सूर्य लगायतका ग्रह घुम्छन् भनेकाले त्यसको विरुद्ध बोलेको भन्दै रोमन क्याथोलिक चर्चले ग्यालिलियोलाई फाँसीको सजाय सुनायो । त्यसो त त्योभन्दा सयौं वर्षअघि आर्यभट्ले पृथ्वी आफैं पनि चक्कर लगाउँदै सूर्यको परिक्रमा गर्छ र सूर्य स्थिर छ भन्ने कुरा प्रमाणित गरेका थिए । जसलाई ज्योतिष शास्त्र भनियो । त्यसैलाई अंग्रेजीमा अष्टोलोजी भनिन्छ । सजाय तोकिएका ग्यालिलियोले मैले गलत भनेको हुँ भनेर माफ मागे र फाँसीलाई अर्कोमा बदल्न सकिने भनियो ।

बाइबल र त्यसका वरिपरि तयार गरिएका ग्रन्थको शिक्षा यतिसम्म कठोर छ कि उनका विचारभन्दा फरक विचार राख्नेलाई छानीछानी मार्न भनिएको छ । रोमन शासकले यशुलाई क्रुसमा झुण्ड्याएर मारे । शुकरातलाई युनानीहरुले विष खुवाए । उनका धार्मिक ग्रन्थभन्दा फरक विचार राख्नेलाई मुसलमानले फाँसी दिए । किनकि त्यहाँका ग्रन्थका टिका (अनुवाद) पनि लेख्न मनाही छ ।

उनले बाँच्नलाई माफी मागे । तर उनले माफी माग्दै रुँदै भनेका थिए ‘वट यट इट मुभ्स्’ अर्थात् यो अहिले पनि सूर्यकै चक्कर लगाइरहेको छ । माफी मागेकाले उनको सजाय आजीवन गृहबन्दीमा परिणत भयो । र त्यही कष्टमा उनको ज्यान गयो ।

हिमवतखण्डमा हुर्किएको सभ्यतामा संस्कृतिको परिस्कृत रुपमा निस्किएका बुद्ध, अष्टाबक्र, गार्गी, महाविर, सन्त कविर थिए । लुगा लगाउने सभ्य हो भन्नेबाट लुगै नलगाउने बनेर हिँडेका कविरलाई पनि सम्मानसहित राखियो । भएका संस्कृति गलत छन् भन्ने ओशोलाई यहाँ कसैले हत्या गरेन । उनलाई अर्को भगवानका रुपमा मानिरहेका छन् ।

खासमा शान्तिका लागि भन्दै अशान्तिको आयोजना गर्ने र धर्मको नाम लिएर अधार्मिक कुरा सिकाउने यस्ता ग्रन्थ नै युद्धका कारक हुन् । हिंसाका बिउ हुन् । यो कुरा धेरै अध्येताहरुले पहिले नै भनेका छन् । हामीले इतिहासदेखि अहिलेसम्म जुन हिंसा भोगिरहेका छौं, युद्ध खेपिरहेका छौं, त्यसको स्रोत नै बाइबल र चर्चहरु हुन् । यो कुरा ब्रर्टेन्ड रुसेल(१८९२–१९७०)ले उनको पुस्तक ह्वाइ आइएम नट क्रिश्चियन (१९२७) मा लेखेका छन् । यही पुस्तकको लागि यिनले १९५०को नोबेल पुरस्कार समेत पाएका थिए ।

पश्चिमी भूमि र यता पूर्वको भूमिका युद्धको धारणामा आकाश–जमिन फरक हुनुको कारण उता यसरी यसरी मार्नु भनेर सिकाउने र यता त्यो घोर या युद्धको उल्टो अघोर अवस्थामा, शान्त चित्तमा रहन दिइने विद्या प्रमुख कारक थिए । युद्धका बारेमा महाभारतमा कृष्णले गरेको व्याख्यालाई आधार बनाएर हेर्न सकिन्छ । कृष्णले भनेका छन्–

‘सुखेदुःखे समेकृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्वस्व नैवं पापः मावप्स्यसी ।’

यसको अर्थ हुन्छ– सुख, दुःख, लाभ, हानिभन्दा माथि उठेर गरिएको युद्ध पाप होइन, कल्याण हो । पश्चिमी समाजमा जस्तो यहाँ अर्काे धर्म, जाति, रंग वा समुदाय भएका कारण युद्ध गर्नु भनिएको छैन । मान्छेले कि आफ्नो लाभका लागि, कि अर्काको हानिका लागि, कि आफ्नो सुखका लागि कि अर्कालाई दुःख दिन युद्ध लड्छ । जब यो भावबाट माथि उठ्दा पनि युद्ध गर्नैपर्ने वाध्यता आयो भने त्यसले सबैको कल्याणभन्दा अरु केही अंगीकार गरेको हुँदैन भन्ने यसको मान्यता हो ।

पश्चिमा संस्कृतिमा युद्ध गर, जितेर आऊ र आफ्नो प्रभुत्व जमाऊ भनिन्छ । यस हिमवतखण्ड संस्कृतिमा ‘यं निजः परोवेति गणना लघु चेतसाम् उदारचरितानां तु वसुधैव कुटुम्बकं’ भनी सिकाइन्छ । अर्थात् सिंगो पृथ्वी हामी सबैको घर हो र यो पृथ्वीमा बस्ने सबै आफन्त हौं । मान्छे मात्र हैन, प्रकृतिका हरेक जीवलाई बाँच्न पाउने अधिकार बराबर छ भन्ने ज्ञान हाम्रा ग्रन्थहरुले बाँडिरहेका थिए ।

पश्चिममा आक्रमण गर्नु, हतियार जम्मा गर्नुलाई जितका रुपमा सिकाउँदै गर्दा यहाँ ‘द्यौः शान्तिरन्तरिक्ष शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिब्र्रह्म शान्तिः सर्व शान्तिः’ भनेर सम्पूर्ण ब्रह्माण्डको शान्तिको कामना गरिरहेका थिए । (शुक्ल यजुर्वेद, रुद्राष्टाध्यायी, स्वस्ति प्रार्थना मन्त्रोध्याय ११० देखि ११४ श्लोक) ।

बाइबलमा फलानो फलानो जातका मान्छेको नाम निसानासम्म नराखी काट्नु भन्ने पढाइ हुँदा हाम्रा वैदिक ग्रन्थहरुले ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत्’ सिकाउँथे । यसको अर्थ हुन्छ संसारमा सबैको कल्याण होस्, सबै निर्भय होउन्, सबैलाई शान्तिसँग बाचेको देख्न पाइयोस् र कसैले दुःख भोग्नु नपरोस् भन्ने हुन्छ ।

पश्चिमा संस्कृतिमा युद्ध गर, जितेर आऊ र आफ्नो प्रभुत्व जमाऊ भनिन्छ । यस हिमवतखण्ड संस्कृतिमा ‘यं निजः परोवेति गणना लघु चेतसाम् उदारचरितानां तु वसुधैव कुटुम्बकं’ भनी सिकाइन्छ । अर्थात् सिंगो पृथ्वी हामी सबैको घर हो र यो पृथ्वीमा बस्ने सबै आफन्त हौं । मान्छे मात्र हैन, प्रकृतिका हरेक जीवलाई बाँच्न पाउने अधिकार बराबर छ भन्ने ज्ञान हाम्रा ग्रन्थहरुले बाँडिरहेका थिए ।

पश्चिमा समाजमा धर्मयुद्ध भनेर धर्मका नाममा युद्ध चलाएर लाखौंलाख यहुदीहरुलाई मुसलमान र क्रिश्चियनहरुले काटेर मारिरहंदा त्योभन्दा धेरै अगाडि युद्धबाटै सिकेर यहाँ अहिंसा परमो धर्मः अर्थात् अहिंसा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सिकाइन्थ्यो (महाभारत अनुशासन पर्व १५१,१)

पश्चिममा धर्मग्रन्थमा नै अरुको धन लुट्न सिकाइयो र त युरोपदेखि अलेकजेण्डरले (३५६दअ–३२३दअ) भारतसम्म मान्छे मार्दै भएको सम्पत्तिसमेत लुटेर लगे । जसलाई उनीहरुले ‘अलेकजेण्डर द ग्रेट’ले विभुषित गरे । आफ्नै सम्प्रदायका मान्छेलाई मार्ने कुरालाई धर्मयुद्ध भने र आजसम्म मारिरहेका छन् । यहाँ अरुको कुरा छोडौं, आफैंले कमाएको धन पनि सबै तेरो होइन, त्यो सबै छोडेर जानुपर्छ भनेर सिकाइन्छ । इशोपनिषद्मा भनिएको छ–

‘ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ।’

अर्थात् तिमीले मेरो हो भनेका सबै कुरा अन्तिममा यही जगतमा छोडेर जानु पर्छ, आफू बाँच्न आफैंले कमाइ गरेर कम भन्दा कम भोग गरेर जीवन व्यतीत गर र अर्काको धन कहिल्यै भोग नगर । यो संसारमा तिम्रो भन्ने केही हुँदैन (इशोपनिषद्,प्रथम श्लोक) ।

हामी आफैं अनुभव गर्न सक्छौं– एक व्यक्तिसँगको प्रेममा हुँदा त यति आन्दित हुन्छौं । सारा जगतलाई प्रेम गर्ने द्वार खुल्दा, आनन्दका ज्वारभाटा उठ्दाको अवस्था कस्तो होला ? तर जगतकै शान्त र शक्तिशाली अवस्थामा आफूलाई पु¥याएर स्वर्गीय अनुभूति गर्नुको साटो आजको विश्व आक्रमण, ध्वंस र क्षतविक्षतमा अभ्यस्त छ । युद्धको ठाउँमा प्रेम, खोसामारीको ठाउँमा समर्पणण, आक्रमणको ठाउँमा करुणा, बन्दुक मिसाइलको ठाउँका फूल हाम्रो सभ्यतामा पहिल्यै तयार छ । जसरी सूर्यका तीन आधारभूत रंग भएकाले अन्य रंग बन्न पाएका छन्, त्यस्तै मान्छेमा शान्ति, प्रेम करुणका अन्य संवेग तयार भएका छन् ।

मान्छे कतिसम्म अशान्त र अधर्मी छ भन्ने विषयमा ग्लोबल हंगर इण्डेक्सको तथ्याङ्क भन्छ, ‘चार करोड मान्छे आज पनि भोकमरीमा छन् । ८० करोड मान्छे खान त पाउँछन् तर पौष्टिक खान पाउँदैनन् । २०२० को आकडामा संसारभर २३५ करोड मान्छे पर्याप्त खाना नपाएर कुपोषणमा छन् । अनि मान्छेलाई जीवन दिन नसक्नेले अरुको जीवन लिन अधिकार कहाँबाट पायो ? बुद्धले अंगुलीमाललाई भनेको कुरा पनि यही थियो ।

आज किन मान्छे युद्धमा उद्यत छ भन्ने कारण आजका हाम्रा मिडियावालाले दिएजस्तो राजनैतिक र आर्थिक मात्रै हुँदै होइन । युद्धको कारण मानसिक हो, सभ्यताले दिएको गलत शिक्षा हो । भौतिकता, अहंकार र उपभोगको विश्वराजनीतिक व्यवस्थालाई मानव कल्याणको व्यवस्थामा रुपान्तरण गर्न हाम्रो सभ्यताको सर्वे भवन्तु सुखिन भन्ने शिक्षा नै आवश्यक छ । शान्त र करुणामय विश्व निर्माणका लागि हाम्रा प्राचीन शास्त्रहरुको अध्ययन र अनुशरण जरुरी छ ।


प्रतिक्रिया

6 thoughts on “युद्धको मानसिक बीजः पश्चिमा धर्मग्रन्थ

  1. हावा र एकतर्फी बिस्लेषन।
    बाइबलले हिसा होइन शान्तिको बारेमा सिकाउदछ।
    बिपरित मोदिवाला भारतिय हिन्दुतवले हिन्सा गर्न सिकाउदछ।
    लेखकमा ज्ञानको अलि कमि देखियो।अलि balance लेख लेख्नलाई सुझाब दिन चाहान्छु।

    1. कसरी एकतर्फी भो, उहाँ ले तथ्य सहित लेख्नुभाको छ, यदि गलत लेखेको भए, तपाइँ पनि तथ्य सहित प्रतिबाद गर्नुहोस न कस्ले रोकेको छ र। ब्यालेन्स मिलाउने भनेको कुरान र बाइबलमा भएका नराम्रा कुरा लाई लुकाउएर लेख्नु हो!!? गजब कुरा गर्नु हुन्छ

  2. पूर्वीय दर्शनमा कुनै कामको प्रारम्भ र अन्तिमा शान्ति पाठ गरि विश्व शान्तिको याचना गरिन्छ । यो नै हाम्रो सभ्यता र संस्कार हो ।

    धेरै तथ्यपूर्ण जानकारी समेटिएको महत्वपूर्ण आलेख पढ्ने अवसर मिल्यो । निरन्तर लेखनको लागी शुभकामना

  3. कसैलाई पिर परेमा माफी चाहन्छु । सत्य यै हो । । सर्बे भवन्तु सुखिन ।

  4. धेरै कुरको जानकारी प्राप्त भयो ।विनुजी लाई धेरै धेरै धन्यवाद ।हिन्दू धर्म भित्र रहेका विकृतिहरूलाई पनि यसैगरी बहिर ल्याउनु हुनेछ ।पर्खाईमा चै छौं ।

  5. ‘सत्यम् शिवम् सुन्दरम्’
    धेरै कुराको जानकारी पाइयो खुशी लाग्यो ।
    हार्दिक धन्यवाद ! लेखकलाई 🙏🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *