दुई वर्ष जेल बस्दा पनि छुटेन लागू औषध कारोबारको लत, २७ हजार एम्पुलसहित १० जना पक्राउ – Nepal Press

दुई वर्ष जेल बस्दा पनि छुटेन लागू औषध कारोबारको लत, २७ हजार एम्पुलसहित १० जना पक्राउ

काठमाडौं । लागू औषध नियन्त्रण व्यूरोले ठुलो मात्राको फर्मास्युटिकल ड्रग्ससहित १० जनालाई पक्राउ गरेको छ। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका ५ का ३८ वर्षीय श्याम गुरुङ, मोरङको मिक्लाजुङ गाउँपालिका ४ का ३० वर्षीय सोनाम तामाङ, काभ्रेको बनेपा १ का ३६ वर्षीय समिरराज भण्डारी, बाग्लुङको गल्कोट नगरपालिका ५ का ३२ वर्षीय सुवर्ण मल्ल रहेका छन् ।

यस्तै पर्साको धोविनी गाउँपालिका ५ की ३६ वर्षीया रङमतीदेवी पटेल, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ८ का २८ वर्षीय सबिनकुमार श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका ४ का २१ वर्षीय रोशन कुँवर, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ का ३२ वर्षीय प्रकाश जिम्बा, सर्लाहीको बागमती नगरपालिका(३ का ३८ वर्षीय विवै सिंह स्याङतान र सर्लाहीको लालबन्दी नगरपालिका ३ घर भएका ३५ वर्षीय देव सेख रहेका छन् ।

पक्राउ परेकामध्ये सेख र सोनाम लागू औषध कारोबारमै २ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

व्यूरोको टोलीले सेखलाई २०७२ असोज र सोनामलाई २०७५ मंसिरमा पक्राउ गरेको थियो । दुवै फर्मास्युटिकल ड्रग्ससहित पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर