डेढ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ – Nepal Press

डेढ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं । डेढ वर्षीया नाबालिकालाई जवरजस्ती करणीगरी हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षका मिथुन चौधरी रहेका छन् ।

स्थानीय नाबालिका २७ फागुनमा बेलुकी ५ बजे घरबाट नै हराएकी थिइन् । सोही दिन साढे ६ बजे नजिकै झाडीमा अचेत अवस्थामा उनी फेला परेकी थिइन् ।

अचेत अवस्थामा फेला परेकी नाबालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा सोहि दिन राती साँढे १२ बजे मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङले बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर जबरजस्ती करणी गरी अर्धचेत अवस्थामा सोही स्थानमा छाडेर फरार भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर