सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक – Nepal Press

सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन्। बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकमा घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन्।

उनले भने, ‘यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो । यसैले सरसफाइमा जुटेको हुँ ।’ उनले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत गरेका थिए ।

उनले तीन दिन लगाएर सरसफाइ गरे। सफाइ गर्ने औजार पनि उनी आफैँले किनेका थिए । तीनधारामा भने उनलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए ।

सिमकोट गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ । तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ । ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो ।रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *